०१ असार २०८३, सोमबार

बलात्कार आरोपमा छुट्टाछुट्टै जिल्लामा तीन जना पक्राउ

जेठ १४, २०८२
काठमाडौं
बलात्कार आरोपमा छुट्टाछुट्टै जिल्लामा तीन जना पक्राउ

बलात्कार आरोपमा छुट्टाछुट्टै जिल्लामा तीन जना पक्राउ परेका छन् । 

पर्सामा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा जगरनाथपुर गाउँपालिका-६ संठी बस्ने २३ वर्षीय विशाल यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

विशालले ती बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उता इलाममा ४७ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१२ शेर्पा गाउँ बस्ने ४७ वर्षीय दावा शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

दावाले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी, दाङमा १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ नारायणपुर बस्ने २४ वर्षीय एलेक्स बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

एलेक्सले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्