२३ असार २०८३, मंगलबार

गणतन्त्रविरुद्ध पूर्वराजा ज्ञानेन्द्रले षड्यन्त्र गर्न खोजेपछि भोलिको कार्यक्रम गर्दैछौं : एमाले

जेठ १४, २०८२
काठमाडौं
गणतन्त्रविरुद्ध पूर्वराजा ज्ञानेन्द्रले षड्यन्त्र गर्न खोजेपछि भोलिको कार्यक्रम गर्दैछौं : एमाले

नेकपा एमालेले गणतन्त्रविरुद्ध पूर्वराजाले षड्यन्त्र गर्न खोजेकाले गणतन्त्र दिवसकै दिन पार्टीले उत्सवको दिनको रूपमा मनाउन लागेको बताएको छ । 

जेठ १५ गते हुने कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

‘सार्वभौम संविधानसभाको पहिलो बैठकले गरेको गणतन्त्र घोषणाको निर्णयविरुद्ध पूर्वराजाले गतिविधि गर्न खोजेका छन् । लोकतन्त्रको विरुद्धमा गतिविधि गर्न लागे । लोकतन्त्रको उच्च रुप नै गणतन्त्र हो । यो दिनलाई कमजोर बनाउने, उपेक्षा गर्ने प्रयत्न भएको छ,’ पोखरेलले भने, ‘यो ठीक छैन भन्ने पक्षमा सन्देश दिन खोजेका हौं । कसैको विरोध होइन । उपलब्धिको खुशीको रूपमा यो कार्यक्रम गर्न खोजेका हौं ।’

गणतन्त्र घोषणाको दिन जनताको उत्सवको रूपमा रहेको भन्दै पोखरेलले दलबीच सहमति जुटाएर बजेट ल्याउने दिन सार्नुपर्ने पनि बताए । 

बिहीबार सांस्कृतिक झाँकीसहितको उत्सवको रूपमा गर्ने काठमाडौंमा कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । देशमा जातीय, सांस्कृतिक विविधता भएको भन्दै विभिन्न झाँकीसहित जनताको उत्सवको रूपमा काम कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।

राजनीतिक मुद्दा हल भएको भन्दै अब विकास र निर्माणको काममा जुट्ने उनको भनाइ छ । लामो समय समय राजनीतिक संक्रमण मै रुमल्लिनु परेपछि अपेक्षित विकास निर्माण हुन नसकेको उनले बताए । नेपालमा लोकतान्त्रिक ढंगले अत्यन्त कम समय मात्रै काम गर्न पाएको उनले बताए । 

पञ्चायतको समयसँग तुलना गर्ने हो भने पनि अहिलेको विकास धेरै माथि पुगेको पोखरेलको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्