१४ असार २०८३, आइतबार

ट्रम्प प्रशासनबाट बिदा लिँदै मस्क

जेठ १५, २०८२
काठमाडौं
ट्रम्प प्रशासनबाट बिदा लिँदै मस्क

टेक अर्बपति र टेस्लाका सह-संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स खाताबाट यो जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए।

ट्रम्प जनवरीमा ह्वाइट हाउस पुगेपछि उनले सरकारी दक्षता विभागको नेतृत्व मस्कलाई हस्तान्तरण गरेका थिए।

बिहीबार, मस्कले एक्समा लेखे, "विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ ।  म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।"

उनले समयसँगै  दक्षता विभागको मिसन अझ बलियो हुँदै जाने समेत विश्वास लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्