
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको सचिवालयले जनाएको छ ।
बजेट अनुमोदन भएसँगै अर्थमन्त्री पौडेलले सदनमा प्रस्तुत गर्न संसद् भवन बानेश्वर प्रस्थान गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गर्नेछन् । बैठक अहिले ३ बजे बस्दैछ ।
सरकारले १९ खर्बभन्दा बढीको बजेट ल्याउँदैछ ।