२२ जेठ २०८३, शुक्रबार
आव २०८२/०८३ को बजेट

सरकारले आर्थिक क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्दै सुधारका कार्यक्रम लागू गर्ने

जेठ १५, २०८२
काठमाडौं
सरकारले आर्थिक क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्दै सुधारका कार्यक्रम लागू गर्ने

सरकारले आर्थिक क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै सुधारका कार्यक्रम लागू गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चुनौतीहरूको सामना गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

उनका अनुसार सम्पत्ति शुद्धिकरणको जोखीमबाट मुलुकलाई मुक्त गर्ने, क्रेडिट रेटिङबाट आएको रिजल्टलाई प्रयोग गर्ने र निजी क्षेत्रको मनोबल बढाउने गरी सुधारका प्रयास गरिनेछ ।

कूल राष्ट्रिय आयमा अपेक्षित वृद्धि हासिल गर्न नसकिएको र भौतिक पूर्वाधारमा गरिएको लगानीले आर्थिक क्रियाकलापमा पर्याप्त प्रभाव पार्न नसकेको उनले उल्लेख गरे ।

उनले औद्योगिक तथा निर्माण क्षेत्रमा अझै पनि श्रमिक आपूर्तिका लागि विदेशी श्रमिकमा निर्भर रहनु परेको बताए । साथै, मुलुकको पूँजी निर्माणमा निजी क्षेत्रको योगदान उल्लेख्य रूपमा बढ्न नसकेको, नियामक निकायहरू प्रभावकारी बन्न नसकेको र क्रेडिट रेटिङबाट पर्याप्त लाभ लिन नसकेको धारणा व्यक्त गरे ।

उच्च व्यापार घाटा कायमै रहेको, विप्रेषणको उच्च योगदान रहे तापनि बाह्य क्षेत्रलाई सन्तुलित र स्थायी बनाउन चुनौती रहिरहेको र पूँजीगत खर्च जुटाउन कठिनाइ भएको पनि उनले बताए ।

सरकारले निजी क्षेत्रको पूँजी र प्रविधिको प्रयोगबाट आर्थिक वृद्धि प्रवर्द्धन गर्ने र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने जनाएको छ । 

साथै, विकासका लागि स्रोतको विविधीकरण गरिने र राजस्व प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाइने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्