
विद्यालय तहमा तीन विषयको गुणस्तर बढाउन सरकारले ‘शिक्षक बैंक’ स्थापना गर्ने भएको छ ।
प्रमुख तीन विषय अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षामा गुणस्तर बढाउन शिक्षक बैंकको स्थापना गर्ने भएको हो ।
बिहिबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विश्वविद्यालयहरूसँगको समन्वयमा शिक्षक बैंकको कार्यक्रम ल्याइने घोषणा गरेका हुन् ।