२९ जेठ २०८३, शुक्रबार

प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

जेठ १५, २०८२
काठमाडौं
प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ ।

नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुँदैछ ।

गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक विभिन्न ७ जना विज्ञहरुद्धारा करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारिएको काउन्सिलको मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए । 

मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्तावेज तयार भएको उनले बताए । सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुनेछ ।
प्रेस काउन्सिलले मिडिया क्षेत्रको अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिई काम गरिरहेको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिए । 

काउन्सिलले ४ वर्षदेखि मिडियाको अंग्रेजी वर्ष पुस्तक (एअर बुक) समेत प्रकासन थाली निरन्तरता दिइरहेको छ । तिव्र रुपमा विकास भइरहेको मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरुको अंग्रेजी भाषामा नियामक र आधिकारिक निकायबाट निकालिएको प्रकाशन यो पहिलो हो ।

salt training

कमेन्ट गर्नुहोस्