०२ साउन २०८३, शनिबार

‘राइड सेयरिङ’को विरोधमा गण्डकी यातायात प्रभावित

जेठ १६, २०८२
काठमाडौं
‘राइड सेयरिङ’को विरोधमा गण्डकी यातायात प्रभावित

गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावलीको विरोधमा प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएका छन्।

 निजी सवारीलाई यात्रु ओसार्न अनुमति दिने सरकारी निर्णयको विरोधमा व्यवसायीले १५ हजारभन्दा बढी बस, ट्याक्सी र सार्वजनिक ढुवानीका साधन ग्यारेजमै राखेका छन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले ३० भन्दा बढी समितिहरूको समन्वयमा आन्दोलन थालिएको बताए। काठमाडौंको चक्रपथमा समेत प्रदर्शन गर्ने र १९ गतेदेखि देशभर सवारी ठप्प पार्ने चेतावनी दिइएको छ।

व्यवसायीहरूले सरकारले निश्चित वर्गको पक्षमा निर्णय गरेको आरोप लगाउँदै राइड सेयरिङ सम्पत्ति दोहन गर्ने प्रवृत्ति भएको बताएका छन्। यद्यपि, उनीहरूले प्रविधिको विरोध नभएको स्पष्ट पारेका छन्।

सरकारले वार्ता समिति बनाएपनि व्यवसायी सहभागी भएका छैनन्। 

salt training

कमेन्ट गर्नुहोस्