०२ असार २०८३, मंगलबार

संसद्को अवरोध हटाउन दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

जेठ १६, २०८२
काठमाडौं
संसद्को अवरोध हटाउन दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल थालेका छन् । अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न सभामुखले दलका प्रमुख सचेतकसँग छलफल थालेका हुन् ।

सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । बिहीबार (जेठ १५) बजेट प्रस्तुत गर्न भने उनीहरूले बाधा गरेका थिएनन् । 

प्रतिनिधिसभाको जेठ २० गते बस्ने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्