१९ असार २०८३, शुक्रबार

खोलामा ह्युम पाइप राखेर बुटवल–नारायणगढ सडकमा यातायात चलाइयो [भिडियो]

जेठ १६, २०८२
काठमाडौं
खोलामा ह्युम पाइप राखेर बुटवल–नारायणगढ सडकमा यातायात चलाइयो [भिडियो]

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकमा यातायात सञ्चालनमा आएको छ । डाइभर्सन क्षति भएका ठाउँमा ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।  

वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक शुक्रबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । 

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको थियो भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्‍याएको थियो ।

सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका थिए । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्