३१ जेठ २०८३, आइतबार

दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै , बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा

मंसिर १९, २०७४
दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै , बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा

काठमाडौं, १९ मङ्सिर- दोस्रो चरणअन्तर्गत २१ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेशमा नयाँ जनप्रतिनिधि  चुनिँदै छन् । मतदानलगत्तै सुरु हुने मतगणनाबाट आउने प्रदेश सांसदका लागि भने प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल त तय भएको छैन नै सभा आह्वान गर्ने प्रदेश प्रमुख चयनसमेत  अन्योलमा छ ।

२१ मंसिरको साँझबाट नै मतगणना सुरु गरिने भएकाले त्यसपछि धमाधम प्रतिनिधि र प्रदेशसभाका सदस्यहरू चुनिनेछन्् । निर्वाचन क्षेत्रअनुसार मतगणनाको अन्तिम परिणाम आएसँगै सांसद निर्वाचित हुने भए पनि उनीहरू बस्ने बैठकस्थलको टुंगो छैन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बानेश्वरस्थित संसद् भवनमा नै बस्ने भए पनि सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्दा प्रदेशको अस्थायी राजधानी र प्रदेशसभा सदस्यहरूको बैठकस्थलको टुंगो छैन, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्