१७ असार २०८३, बुधबार

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

जेठ १७, २०८२
काठमाडौं
कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा १ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ३२ बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका- ५ घर भएका २७ वर्षीय अशोककुमार साहू छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्