२८ असार २०८३, आइतबार

कोशी राजमार्गको धरान-धनकुटा सडक एकतर्फी सञ्चालन

जेठ १७, २०८२
सुनसरी
कोशी राजमार्गको धरान-धनकुटा सडक एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सडक शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । 

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको थियो । 

अस्थायी डाइभर्सन गरेर साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । 

सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो । 

सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।   
 

salt training

कमेन्ट गर्नुहोस्