०६ असार २०८३, शनिबार

पोखराबाट काठमाडौं जाने ९ सय यात्रु सशस्त्र प्रहरीको स्कर्टिङमा पठाइँदै

जेठ १७, २०८२
कास्की
पोखराबाट काठमाडौं जाने ९ सय यात्रु सशस्त्र प्रहरीको स्कर्टिङमा पठाइँदै

 गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं पठाउने व्यवस्था गरिएको छ।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि यात्रुहरू पोखरामा रोकिएका थिए। ती यात्रुहरूलाई शनिबार साँझ ६ बजे १९ वटा बसमार्फत काठमाडौं पठाउने निर्णय गरिएको हो।

सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्कीको कोत्रेसम्म स्कर्टिङ गरेको छ। त्यसपछि तनहुँस्थित सशस्त्र प्रहरी बल नं. २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गर्दै लैजाने योजना बनाइएको उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्