०१ असार २०८३, सोमबार

जनताको माया र विश्वासबाट माओवादी  जिम्मेवार बनेको छ : प्रचण्ड

जेठ १७, २०८२
काठमाडौं
जनताको माया र विश्वासबाट माओवादी  जिम्मेवार बनेको छ : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताएका छन् । 

पार्टीको कीर्तिपुर नगर समितिद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताए । पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उनले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताए । 

 पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै उनले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको विचार व्यक्त गरे । 
 
यसैबीच, आज नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गणतन्त्रात्मक संविधानभित्र निर्वाचन लडेर सांसद भएको व्यक्तिले यही व्यवस्थाको विरोध गर्न नपाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्