२८ असार २०८३, आइतबार
आइतबारको मौसम

कोशीदेखि गण्डकीसम्म चट्याङसहित वर्षा

जेठ १८, २०८२
काठमाडौं
कोशीदेखि गण्डकीसम्म चट्याङसहित वर्षा

आइतबार देशका चार प्रदेशमा चट्याङसहित वर्षा हुने भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विभागका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली विभागले जनाएको छ । 

आइतबार राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका ‍एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्