
बैंकको १ अर्ब २६ करोड रूपैयाँ अपचलन गरेको आरोप लागेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
लामो समयदेखि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । अदालतबाट पक्राउ पूर्जी जारी भएका उनी त्यसपछि फरार थिए ।
राय पक्राउ परेको पुष्टि गर्दै सीआईबीका प्रवक्ता, एसपी युवराज खड्काले यसबारे विस्तृत केहीबेरमा सार्वजनिक गरिने बताए ।
कर्णाली विकास बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रूपैयाँ बराबर अपचलन आरोप छ । यो बैंकको केन्द्रीय कार्यालय नेपालगञ्जमा थियो ।