![राजावादीको आन्दोलनबाट कमल थापा पक्राउ [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kamal_thapa_pakrau_7_mwCWg6CUX2.jpg)
राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
काठमाडौंको नारायण चौर नक्सालमा आइतबार भएको प्रदर्शनबाट थापालाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि थापा पक्राउ परेका हुन् ।

राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् ।
शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि राजावादी समूह रत्नपार्कबाट बालुवाटारतर्फ लागेको थियो । आइतबार नारायण चौरमा भेला भएका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा थिए ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेपछि थापा पक्राउ परेका हुन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
तस्वीरहरू




