२६ असार २०८३, शुक्रबार

कमल थापा पक्राउपछि राजावादी समूहद्वारा उपत्यका बन्दको घोषणा

जेठ १८, २०८२
काठमाडौं
कमल थापा पक्राउपछि राजावादी समूहद्वारा उपत्यका बन्दको घोषणा

 शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै राजावादी समूहले कडा विरोध गरेको छ ।  राजावादी समूहको नेतृत्वकर्ता आन्दोलन परिचालन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको छ।

आइतबार राजधानीमा भएको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको थियो ।  साथै, अध्यक्ष थापालाई भेट्न प्रहरी हिरासत पुगेका राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपक सिंहलाई समेत प्रहरीले पक्राउ गरेको थियो । यसरी पक्राउ गरिनु सरकारको लोकतान्त्रिक आस्था र संवैधानिक मूल्यप्रति अपमान देखिएको संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 विज्ञप्तिमा सरकारले संविधानप्रदत्त अधिकारको दमन गरेको दाबी गर्दै पक्राउ परेका सम्पूर्ण आन्दोलनकारीको अविलम्ब रिहाइको माग गरिएको छ।

सरकारको दमनको विरुद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको सुवेदीको भनाइ छ । 
विज्ञप्तिमा प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।  आइतबार राजधानीको नारायणचौर क्षेत्रबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्दै थापालगायतलाई पक्राउ गरेको थियो । यस्तै थापालाई भेट्न जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँ हाताबाटै सिंह पक्राउ परेका थिए । पक्राउको राप्रपा र राप्रपा नेपालले छुट्टाछुट्टै विज्ञप्तिमार्फत विरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्