२७ असार २०८३, शनिबार

काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्यायो

जेठ १८, २०८२
काठमाडौं
काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्यायो

काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ ।  विक्रम संवत् २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको हो । 

सञ्चालनको  पहिलो दिन  २०५ जनाले सेवा लिँदा रु ४० हजार शुल्क सङ्कलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतले जानकारी दिए । 

अठार लाख लिटर पानी अटाउने उक्त पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ देखि १० फिटसम्म छ ।

कमेन्ट गर्नुहोस्