२८ असार २०८३, आइतबार

उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने अध्यक्ष लिङ्देनको घोषणा

जेठ १८, २०८२
काठमाडौं
उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने अध्यक्ष लिङ्देनको घोषणा

आइतबारको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कडा भत्सर्ना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दीपक सिंह लगायत आज पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरू रिहा भइसकेको जानकारी दिएका छन्।

उनले  राप्रपा सामान्यतया बन्द र हडतालजस्ता अलोकप्रिय कार्यक्रमको विपक्षमा रहने नीतिमा रहेको जानकारी दिए। यद्यपि आजका घटनापछि उपत्यका बन्दको विषय उठे पनि पक्राउ परेका नेताहरू रिहा भइसकेकोले भोलि घोषणा गरिएको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने उनले बताए ।

“आन्दोलनका अन्य कार्यक्रमबारे भने सल्लाहपछि निर्णय हुनेछ र त्यसमा राप्रपाको सक्रिय सहभागिता रहनेछ,” अध्यक्ष लिङ्देनले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन्। आजै संयुक्त आन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्