
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रवासको संगठन निर्माणमा जोड दिएको छ ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले प्रवासमा रहेका नेपालीहरुको संगठन निर्माण र अन्तर्राष्ट्रिय संघ, संगठनसँग सम्बन्ध विस्तारमा पार्टीको जोड रहेको बताए ।
मलेसियालगायतका खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे जानकारी लिन पार्टीले त्यहाँ कार्यरत श्रमिकहरुसँग अन्तरक्रिया गर्ने र संगठित गर्ने काम गरिरहेको छ । यसै सिलसिलामा पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु हाल मलेसियामा रहेको उनले बताए ।
सोक्डेम एसिया प्यासिफिक, प्रोग्रेसिव एलाइन्सलगायतका अन्तर्राष्ट्रिय संगठनको सदस्य रहेको जसपा नेपालले प्रवासी नेपाली श्रमिकहरुलाई संगठित गरी पार्टी निर्माण कार्यलाई अगाडि बढाउँदै लगेको उनको भनाइ छ ।