×

NMB BANK
NIC ASIA

फेरिएको रत्नपार्कः प्रेम गर्नेदेखि प्रेम विर्सने सम्मको थलो

मंसिर १९, २०७४

NTC
Premier Steels

काठमाडौं, १९मंसिर -  पारीलो घाम, बदाम र सुन्तला छोडाएर खानेको भिडभाड, त्यसैमाथि निशुल्क वाइफाई सुविधा कुनैबेला अस्तव्यस्त मानिने रत्नपार्कको बिशेषता बनेका छन् ।

Muktinath Bank

फुटपाथ पसल र देह व्यापारीको अखडा भन्ने आम बुझाई रहेको रत्नपार्कको परिचय आजभोलि फेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभोलि उपत्याकामा शान्तसँग दिन काट्नु पर््यो भने रत्नपार्क उपयुक्त विकल्प बन्न सक्छ ।


Advertisment
Nabil box
Kumari


साँझा फूलबारी ! 
 

Vianet communication

रत्नपार्क अचेल कसैको पखाईमा बस्ने, खाली समय बिताउने, घाम ताप्ने, साथीभाई भेट्ने र गफगाफ गर्ने थलो बनेको छ । बिहानैदेखि पारीलो घाम ताप्नेहरुको पर्खाइमा रहने रत्नपार्कमा मध्यान्ह नहुँदै युवा युवतीदेखि बृद्धबृद्धाको जमघट देखिन्छ ।  

पार्क भित्र प्रेम जोडीहरु मात्रै होइन प्रेममा धोका पाएकाहरु पनि भेटिन्छन् । कोही यहाँ प्रेमिल कुराकानीमा भुलिरहेका हुन्छन् भने कोही चाहिँ आफ्ना पुराना दिनहरु सम्झिएर दुःख बिसाउन चाहान्छन् ।
पार्क भित्र छिर्ने वित्तिकै थुप्रै जोडीहरु देखिन्छन् । सम्भवतः अधिकांश प्रेम जोडी । कोही नशा पिएर दुःख बिसाउन पसेकाहरु पनि देखिन्छन् । रत्नपार्क पृथ्वीनारायण शाहले भनेको जस्तै सुन्दर बगैँचा बनेको छ ।
  
मासिक ६ देखि १० लाख कमाई
 

काठमाडांै महानगरपालिकाले करिब ८० लाख लागतमा पुनर्निर्माण र व्यवस्थापन गर्दै रत्नपार्कको मुहार फेरेपछि महानगरपालिको आम्दानी ह्वात्तै बढेको छ । 

महानगरपालिका अन्तर्गतको रत्नपार्क तथा रानीपोखरी इकाई कार्यालयका अनुसार रत्नपार्कले जाडो महिनामा दैनिक करिब १८ देखि २५ हजार र गर्मी महिनामा २५ देखि ३० हजार रुपैयाँ संकलन गर्ने गर्छ ।
गत आर्थिक वर्षको माघ मसान्तसम्म १ करोड ९ लाख रुपैयाँ संकलन भएको महानगरपालिका रत्नपार्क तथा रानी पोखरी एकाइ प्रमुख हरिशरण केसीले जानकारी दिए ।
उनकाअनुसार प्रवेश शुल्कवापत गत आर्थिक वर्षको माघसम्म ५५ लाख ५१ हजार रुपैयाँ संकलन भएको छ । त्यसैगरी छायाँकन शूल्कवापत गत आर्थिक वर्षमा ९० हजार र चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ९५ हजार रुपैयाँ संकलन भएको छ ।

संकलित रकमको व्याजवापत गत वर्ष ७ हजार र चालू आर्थिक वर्षमा ४ हजार १ सय ३५ रुपैयाँ संकलन भएको इकाइको तथ्यांकमा उल्लेख छ ।
रत्नपार्कभित्र नयाँ शौचालयहरु निर्माण गरिएको छ । पार्कमा रंगरोगन पनि गरिएको छ ।

चार किसिमका टिकट

रत्नपार्क तथा रानीपोखरी इकाई कार्यालयकाअनुसार  रत्नपार्कमा प्रवेश गर्नका लागि ४ वटा छुट्टाछुट्टै दरका टिकटको व्यवस्था रहेको छ ।
जसमध्ये साधारण टिकट २५ रुपैयाँ, विद्यार्थी टिकट १५ रुपैयाँ, एसियाली मुलुकका नागरिकलाई ५० रुपैयाँ र अन्य देशका नागरिकलाई ७५ रुपैयाँ प्रवेश शुल्क रहेको छ । तर, शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशुल्क रहेको छ ।

रत्नपार्क परिसरभित्र म्युजिक भिडियो र चलचित्र छायाँंकनका गर्नेहरुको पनि भिडभाड हुने गर्छ । त्यसबापत लाग्ने शुल्क छुट्टै तिर्नुपर्ने इकाई कार्यलय प्रमुख केसीले बताए । उक्त छायांकन शुल्क निर्धारणका लागि पनि इकाईले निश्चित मापदण्ड तोकेको छ । 

सानो म्युजिक भिडियो छायांकनका लागि ४ हजार, टेलिचलचित्रका लागि ५ हजार, चलचित्रका लागि ७ हजार र विदेशी चलचित्र छायांकनका लागि १० हजार रुपैयाँ प्रतिदिन शुल्क निर्धारण गरिएको छ । 
२०७२ असार १५ गतेबाट शुल्क लिएरमात्र प्रवेश गर्ने व्यवस्था लागू गरेपछि रत्नपार्कको आम्दानी र स्वरुप फेरिएको छ । महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभाग र रत्नपार्क तथा रानीपोखरी इकाइबाट अहिले १८ जनाले रोजगारी पाईरहेका छन् । दैनिक सरसफाईका लागि ५, बगैंचा व्यवस्थपन गर्न ६ जना, प्रशासन र सरक्षामा ७ जनाले काम गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x