
न्युजिल्याण्डकी एक महिला सांसदले संसद्मा आफ्नै नग्न तस्वीर देखाएकी छन् । उनले प्रविधिको दुरुपयोग भैरहेको भन्दै आफ्नै एआई जेनेरेटेड तस्वीर संसद्मा देखाएकी हुन् ।
लौरा म्याकक्लुर न्यूजिल्याण्डको एटी पार्टीकी सांसद हुन् । मे १४ मा उनले संसद्मा बहसको क्रममा आफ्नो एआई-उत्पन्न गरिएको नग्न तस्वीर देखाएकी हुन् ।
'यो मेरो नग्न तस्वीर हो, तर यो वास्तविक होइन। हामी यो तस्वीरलाई 'डीपफेक' भन्छौं। मेरो डिपफेक तस्वीर बनाउन मलाई ५ मिनेटभन्दा कम समय लाग्यो,' उनले भनिन्, 'यसले देशका युवतीहरूलाई ठूलो हानि पुर्याइरहेको छ। हाम्रा कानूनहरूले यसमा ध्यान दिन आवश्यक छ ।'
तस्वीर देखाउँदै उनले भनिन् कि इन्टरनेटमा यस्ता डिपफेक तस्वीरहरू बनाउन धेरै सजिलो छ । यो धेरै खतरनाक कुरा हो।
उनले डिपफेकहरू रोक्न कडा कानून बनाउनुपर्ने वकालत गरिन् । यस्ता डिपफेकहरू महिला र केटीहरूलाई अपमानित र शोषण गर्न प्रयोग गरिएको उनको भनाइ छ ।