![सडक र हुलाक सेवासहितका चार विधेयक तर्जुमाका लागि स्वीकृत [मन्त्रिपरिषद्का १४ निर्णयसहित]](https://lktcdn2.prixacdn.net/media/Cabinet_Singhdurbar_2VS9fyNx6M.jpg)
सरकारले सडक र हुलाक सेवासहितका चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।
यही जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसैगरी,गोरखापत्र संस्थानसम्बन्धी विधेयक र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले बुधबार यही जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरे ।

