
'आईसीसी विश्व क्रिकेट लीग डीभिजन टु' अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
५औं ओभरमा करण केसीले टीमलाई दोस्रो सफलता दिलाएका हुन् । यसअघि सोमपाल कामीले आफ्नो स्पेलको पहिलो बलमै विकेट हात पारेका थिए ।
स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग ४ खेलको सिरिज खेल्न नेपाल स्कटल्यान्ड पुगेको हो ।
आफ्नो पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो ।