२१ असार २०८३, आइतबार

पौडी खेल्ने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

जेठ २१, २०८२
संखुवासभा
पौडी खेल्ने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

संखुवासभाको मादी नगरपालिका–९ फाविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

बुधबार बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी हुन् । 

पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । 

पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया अर्की बालिका अशक्त भएकी छन् । चैनपुर–२ की दीक्षा राई गम्भीर अशक्त भएकी हुन् । 

उनको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्