
मोडल तथा कलाकार रिया गुरुङ (उज्जेली)ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेकी छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
कलाकार रिया गुरुङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरेको बताइन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमान गुरुङले अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरे ।
‘रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउनेछ’, उनले भने ।