१७ असार २०८३, बुधबार

कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जेठ २१, २०८२
काठमाडौं
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मोडल तथा कलाकार रिया गुरुङ (उज्जेली)ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेकी छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

कलाकार रिया गुरुङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरेको बताइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमान गुरुङले अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरे । 

‘रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्‍याउनेछ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्