
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।
माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशपछि बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादीको बैठक बसेको हो ।
बैठकमा यसै विषयमा छलफल माओवादीका एक नेताले बताए। यसबारे समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनको भनाइ छ ।
बुधबार सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनमा माओवादीका उपाध्यक्ष सापकोटाविरूद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा रिट दायर भएको थियो ।