२५ असार २०८३, बिहीबार

सगरमाथा नेक्स्टको 'एट द टिपिङ पोइन्ट'मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

जेठ २२, २०८२
काठमाडौं
सगरमाथा नेक्स्टको 'एट द टिपिङ पोइन्ट'मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि चर्चित सगरमाथा नेक्स्टले 'एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड' शीर्षकमा प्रदर्शनी आयोजना गर्दैछ । 

विश्व वातावरण दिवसको अवसर पारेर बिहीवार साँझ ४ बजे तारागाउँ नेक्स्ट, काठमाडौंमा प्रदर्शनीको उद्घाटन हुनेछ । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्।

प्रदर्शनी उद्घाटनपश्चात साँझ नेपाली कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति हुनेछ ।

प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको 'प्लानेटरिटी' विचारमा आधारित रहनेछ । जसले मानव जातिलाई प्रकृतिको स्वामी नभई, आपसी सम्बन्धमा गाँसिएको र उत्तरदायी अस्तित्वको रूपमा पुनर्विचार गर्न प्रेरित गर्नेछ ।

विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गरिने छ ।  

प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन् । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्