१३ असार २०८३, शनिबार

राष्ट्रिय प्रकृति संरक्षण कोषको गैँडा सदर चिडियाखाना पठाइयो

जेठ २२, २०८२
चितवन
राष्ट्रिय प्रकृति संरक्षण कोषको गैँडा सदर चिडियाखाना पठाइयो
फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएको एउटा भाले गैँडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णय अनुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो ।

मन्त्रालयको निर्णय अनुसार अर्को पोथी गैँडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, 'करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई पनि लैजाने तयारी गरिएको छ ।'

बुधबार नै पठाउने तयारी गरिएको भए पनि पूजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए ।

सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्