१९ असार २०८३, शुक्रबार

झापा र सुनसरीबाट लागुऔषधसहित २ जना पक्राउ

जेठ २२, २०८२
विराटनगर
झापा र सुनसरीबाट लागुऔषधसहित २ जना पक्राउ

झापा र सुनसरीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत दार्जिलिङका २४ वर्षीय अभिजित सिंह र धरान- १७ का २२ वर्षीय टाइटस कार्की रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट खटिएको प्रहरी टोलीले सिंहलाई १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे धरानबाट खटिएको टोलीले कार्कीलाई प्रतिबन्धित औषधि ४ हजार ४१० ट्याब्लेटसहित पक्राउ गरेको हो । 

प्रहरीले कार्कीलाई बुधबार उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्