२२ जेठ २०८३, शुक्रबार

२७ वर्ष पछि ज्यानमारा अभियुक्त पक्राउ

कात्तिक २०, २०७४
२७ वर्ष पछि ज्यानमारा अभियुक्त पक्राउ
जाजरकोट, २५ मङ्सिर - ज्यान मारेको अभियोगमा फरार एक अभियुक्तलाई प्रहरीले आज दसेरा– ८ थलह बजारबाट २७ वर्षपछि पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट साल्मा– ९ का ६२ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । जिल्ला अदालत जाजरकोटले ज्यान मारेको अभियोगमा उनलाई २०४७ साल वैशाख ७ गते बीस वर्ष कैद सजाएको फैसला गरेको थियो ।

थापालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्