२० असार २०८३, शनिबार

पर्साको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास

जेठ २७, २०८२
पर्सा
पर्साको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास

जिल्ला विपद् व्यवस्थापन समिति पर्साले मंगलबार यहाँको घडीअर्वा पोखरीमा विपद् उद्धार अभ्यास गरेको छ । 

जिल्लामा मनसुनजन्य प्रकोपमध्ये डुबानको समस्या बढी भएकाले सोहीअनुसार पूर्वतयारी अभ्यास गरिएको अधिकारीहरूले बताएका छन् । 

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा विपद् उद्धार अभ्यास गरेका हुन् । यस्ता पूर्वतयारीका कार्यक्रमले आगामी दिनमा मनसुनजन्य प्राकृतिक प्रकोपसँग जुध्नका लागि टेवा पुग्ने विश्वास लिइएको छ । 

श्रीजङ्ग गणका गणपति निराजन कटुवालले पर्सा जिल्लामा हुने विपद्सँग जुध्नका लागि यस्ता अभ्यासले धेरै हदसम्म सहज हुने बताए । 

अभ्यासका क्रममा पोखरीको बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट उद्धार गरेको थियो । पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारि–पारि डोरी बाँधेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो । 

दुवै विधिबाट नसकिने अवस्थामा बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार अभ्यास प्रदर्शन गरियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी गरिएको थियो ।

पर्सा समुद्री सतहबाट ५२३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षात्‌को समयमा जिल्लाको पश्चिम क्षेत्रमा डुबान, बाढी तथा कटानबाट क्षति पुर्‍याउने गर्छ । 

पर्सामा चुरे क्षेत्र हुँदै बग्ने ओरिया, सिर्सिया, गङ्गोल, नौरङ्गिया, तिलावे, सिक्टा नदीका साथै ठुटेखोला, ओडारखोला सिकारीबास खोला रहेका छन् ।     
 

salt training

कमेन्ट गर्नुहोस्