११ साउन २०८३, सोमबार

प्रकाश पौडेलले दर्ता गराए अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी

जेठ २७, २०८२
काठमाडौं
प्रकाश पौडेलले दर्ता गराए अनेरास्ववियुको अध्यक्षमा उम्मेदवारी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा उनले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

सहमतिको प्रयास सफल भएपछि अखिलमा निर्वाचन हुन लागेको हो ।

यस्तै सचिवमा मोहन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । उनले मसिना योजना र ठूला सपनासहित अनेरास्ववियुको सचिव पदमा मनोनयन दर्ता गरेको बताएका छन् ।

‘मलाई मतदान गरेबापत कहिल्यै कुनै प्रतिनिधिले शिर निहुराउन नपर्ने गरी काम गर्ने कुरामा प्रतिबद्ध छु’, पोखरेलले भनेका छन् । 

अध्यक्ष मण्डलले अध्यक्षमा डा. सुजन कडरियाको नाम अगाडि सारे पनि सहमति नभएपछि अनेरास्ववियुमा निर्वाचन पक्का भएको हो । 

भोलि बुधबार बिहान १० देखि ५ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

अध्यक्षमा पौडेलसहित डा. कडरिया, दीपक धामीबीच प्रतिस्पर्धा हुन सक्ने एक नेताले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्