३० जेठ २०८३, शनिबार

रुसीहरू भविष्य जान्न गैरक्रिस्चियन पद्धति अपनाउँदै

कात्तिक २०, २०७४
रुसीहरू भविष्य जान्न गैरक्रिस्चियन पद्धति अपनाउँदै
काठमाडौं, ६ माघ — ‘घोडाको टाउको – यो भनेको पुरुष हो,’ मस्कोनिवासी येकातेरिना कोस्त्रीकिनाले भनिन् । उनले यसो भनिरहँदा तातो मैन चिसो पानी भएको गिलासमा जम्न थालेको थियो ।


मस्कोको एक फ्ल्याटमा उनी आफ्ना साथीहरूसित आफ्नो भविष्य जान्नका लागि गैरक्रिस्चियन विधि अपनाइरहेकी छन् ।

मैनबत्ती बालेर उनीहरूले पग्लेको मैनको टुक्रा हेरे अर्को वर्ष आफ्नो प्रेम जीवन वा करीयरका बारेमा जान्ने प्रयास गरिरहेका छन् ।

त्यसपछि उनीहरू कागजको डल्लो बालेर त्यसको लप्काको छायाँ भित्तामा कसरी पर्छ भनी हेर्न थाल्छन् । सम्भाव्य महत्वपूर्ण छविको उनीहरू खोज गरिरहेका छन् ।

रुसी महिलाहरूले यस्तो भविष्य बताउने कर्मकाण्ड अर्थोडक्स क्रिसमसदेखि अर्थोडक्स एपिफ्यानीका बीचमा गर्ने गरेका छन् । माघ ६ गते (जनवरी १९) मा भक्तहरू बरफ जमेको पानीमा डुबेर येशुको ब्याप्टिजमको सम्झना गर्छन् ।

तर यी संस्कारहरूका पछाडि गैरक्रिस्चियन परम्परा रहेका छन् । दशौं शताब्दीमा रुसले क्रिस्चियन धर्म अपनाएपछि पनि यो परम्परा कायमै रह्यो ।

‘यो समयमा हामी चर्चप्रतिको दायित्वबाट मुक्त हुन्छौं किनकि येशुलाई जनवरी १९ मा मात्र ब्याप्टिजम गरिएको थियो,’ कोस्त्रिकिनाले बताइन्, ‘क्रिसमस र एपिफ्यानीका बीचको समयमा संसार गैरक्रिस्चियन प्रभावमा परेर भूतप्रेत बोलाउँछन् ।’

भवन निर्माणविज्ञ तथा स्टेज डिजाइनर कोस्त्रिकिनाका अनुसार आफ्नो भविष्यका बारेमा थाहा पाउने यही उत्तम समय हो ।

उनी आफ्नी साथी ल्युबोभ सोल्दातिकोभासित मिलेर चाँदीको चम्चामा थप मैन पगाल्न तयार छिन् ।

यी महिलाहरू शताब्दियौं पुरानो नियम पालना गर्दैछन् । भविष्य जान्न चाहने व्यक्तिले धातुजन्य कुनै पनि पदार्थ लगाउनु हुँदैन किनकि शरीर पूरै स्वतन्त्र हुनुपर्छ ।

अर्को लोकप्रिय परम्परा भनेको सिक्का, औंठी वा मरिचको दाना हालेर केक बनाउँछन् । जसले यी कुरा पाउँछन् उनीहरूले अर्को वर्ष आर्थिक समृद्धि, रमाइला एड्भेन्चर र बिहाको अपेक्षा गर्न सक्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्