१९ असार २०८३, शुक्रबार

प्रतिनिधिसभाको अवरोध खुलाउन प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल

जेठ २८, २०८२
काठमाडौं
प्रतिनिधिसभाको अवरोध खुलाउन प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उनले बताए ।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानून न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति जुट्न नसक्दा शुरू हुन सकेको छैन ।
प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच निरन्तर प्रयास भइरहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

salt training

कमेन्ट गर्नुहोस्