२९ असार २०८३, सोमबार

प्रचण्डले गरे मुस्ताङस्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन

जेठ २८, २०८२
काठमाडौं
प्रचण्डले गरे मुस्ताङस्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको अवलोकन गरेका छन् । 

अवलोकनका क्रममा अध्यक्ष  प्रचण्डले  केन्द्रमा भइरहेका बागवानी सम्बन्धी गतिविधि, फलफूल तथा तरकारी उत्पादन र अनुसन्धान सम्बन्धी कामबारे जानकारी लिए ।

उनले जलवायु अनुकूल खेती प्रणाली तथा प्रविधिको प्रयोगमार्फत स्थानीय उत्पादन वृद्धि गर्न केन्द्रको भूमिका उल्लेखनीय रहेको बताए । 

अध्यक्ष प्रचण्डले हिमाली जिल्लाहरूको कृषि सम्भावनालाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यस्ता संस्थाहरूको सशक्त योगदान आवश्यक रहेको उल्लेख गरे ।

साथै, उनले आगामी दिनमा सरकारी तर्फबाट प्राविधिक सहयोग तथा आवश्यक पूर्वाधार विकासमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे । 

शीतोष्ण बागवानी विकास केन्द्रले उच्च हिमाली भेगका लागि उपयुक्त बागवानी प्रविधि विकास गर्दै आएको छ, जसले कृषकहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख गराउन मद्दत पुर्‍याइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्