०८ असार २०८३, सोमबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

जेठ २८, २०८२
काठमाडौं
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाईं, काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् । 

पक्राउ परेकामध्ये लक्ष्मणले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया  पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको थियो ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई टेकुबाट, अशोकलाई गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई न्यूरोडबाट र चण्डिकालाई गौशालाबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्