
बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ र अछाममा एक/एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका-४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारू मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
अशोकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, बाँकेकी १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अछामको तुर्माखाँद गाउँपालिका-१ रहफ बस्ने २० वर्षीय मनविर शाही पक्राउ परेका छन् ।
मनविरले ती बालिकालाई कोहलपुर नगरपालिका-११ चौराहास्थित जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रहफ अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।