ओखलढुंगा र सिराहामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका-३ तनुवा बस्ने ४६ वर्षीया विष्णुमाया सुनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घरमा टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिराहाको लहान नगरपालिका-१९ छरापट्टी बस्ने ५० वर्षीय रामचन्द्र मण्डलको करेन्ट लागेर मंगलबार दिउँसो नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।