२३ जेठ २०८३, शनिबार

धरान र तरहरा आसपास भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

जेठ २८, २०८२
काठमाडौं
धरान र तरहरा आसपास भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले सुनसरीको धरान र तरहरा क्षेत्रमा भारी वर्षा भएको जनाएको छ ।

विभागका अनुसार पछिल्लो १ घण्टामा  धरान बजार र तरहरा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

थप वर्षा हुने सम्भावना रहेकोले सुनसरी, मोरङ  जिल्ला भई बहने स-साना खोलामा बहाव बढ्न सक्ने विभागको अनुमान छ ।

विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्