१३ असार २०८३, शनिबार

मुख्य सचिवद्वारा बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन, समयमै काम सम्पन्न गर्न निर्देशन

जेठ २८, २०८२
काठमाडौं
मुख्य सचिवद्वारा बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन, समयमै काम सम्पन्न गर्न निर्देशन

मुख्य सचिव एकनारायण अर्यालले बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्। 

बुधबारको अनुगमनमा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, आयोजना प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो।

अनुगमनपछि अर्यालले सडक मर्मत तथा पुनर्निर्माणको कार्य वर्षा सुरु हुनु अघि नै स्थायी रूपमा सम्पन्न हुने गरी गुणस्तरीय ढंगले काम गर्न निर्देशन दिएका छन्।

साथै उनले तोकिएको समयसीमाभित्र काम नसकिए थप क्षति र जनजीवन प्रभावित हुने भन्दै सबै सरोकारवाला निकायलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे । 
यसैबीच उनले सुनकोसी मरिण डाइभर्सन आयोजनाको कामको प्रगतिसमेत निरीक्षण गरेका छन् । 

सो क्रममा उनले आयोजनाले स्थानीय पूर्वाधार, यातायात तथा जल स्रोतमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए । 

nullnull

salt training

कमेन्ट गर्नुहोस्