२७ जेठ २०८३, बुधबार

अध्यक्ष नेपालको मुद्दाको प्रतिरक्षा गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

जेठ २९, २०८२
काठमाडौं
अध्यक्ष नेपालको मुद्दाको प्रतिरक्षा गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ ।

अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, अधिवक्ता दुर्गाप्रसाद चिमरिया र अधिवक्ता कपिलदेव ढकाल सदस्य छन् ।

मुद्दामा पार्टीका तर्फबाट कानुनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालतसमक्ष पार्टी सङ्गठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानुन विभाग प्रमुख डा देउमान सम्वाहाङ्फेले जानकारी दिए । 

विभागले कानुनी शासनका लागि दृढ प्रतिबद्ध रही राजनीतिक ढङ्गबाट भएका गलत कार्यहरू जनतासमक्ष उजागर गर्ने जनाएको छ ।

पतञ्जलि जग्गा प्रकरणमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले यही जेठ २२ गते १८ करोडभन्दा बढी बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्