
पश्चिमम नवलपरासीको बर्दघाटस्थित एक कुखुरा फर्ममा आगलागी हुँदा पाँच हजार सात सय कुखुरा जलेर नष्ट भएका छन् । बर्दघाट नगरपालिका-१४ गंगाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा गएराति आगलागी भएको हो ।
आगलागीबाट ४५ सय कुखुराका चल्ला र बिक्री गर्ने तयारीमा रहेका १२ सय कुखुरा गरी ५७ सय कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए ।
आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने फर्म सञ्चालक ईमामुद्धिन अन्सारीले बताए ।