१३ असार २०८३, शनिबार
२० वर्षको योजना संकटमा

फोहोर वर्गीकरण नहुँदा बञ्चरेडाँडा ३ वर्षमै आधा भरियो, उपत्यकामा के पुनः समस्या उत्पन्न हुँदैछ ?

जेठ २९, २०८२
काठमाडौं
फोहोर वर्गीकरण नहुँदा बञ्चरेडाँडा ३ वर्षमै आधा भरियो, उपत्यकामा के पुनः समस्या उत्पन्न हुँदैछ ?

गत चैत ७ गते शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरेडाँडाको स्यानिटरी ल्याफिल साइटको रिटेनिङ ड्याम अर्थात् बाँधको उचाइ विस्तारका लागि बोलपत्र आह्वान गर्‍यो । बोलपत्रमा कुनै पनि आवेदन परेन । 

विभागले पुनः वैशाख ११ गते ‘वेस्ट स्टोरेज/रिर्टेनिङ स्टक्चर ड्याम’ विस्तारका लागि बोलपत्र आह्वान गर्‍यो । दोस्रो आह्वानमा भने तीन वटा आवेदन परेका छन् । विभागले तीनै निवेदनको न्यूनतम मूल्याङ्कन गरिरहेको छ । 

शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा बन्चरेडाँडाको ‘वेस्ट स्टोरेज/रिर्टेनिङ स्टक्चर ड्याम’ निर्माणका लागि २० करोड १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।  यसका साथै चालू आर्थिक वर्षमा पनि मन्त्रालयले ड्यामको उचाइ बढाउन ४ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

२०७९ जेठ १२ गतेदेखि बञ्चरेडाँडाको स्यानीटरी ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर राख्न शुरू गरिएको हो । यो ल्याण्डफिल साइटमा करिब २० वर्षसम्म फोहोर राख सकिने बताइएको थियो । तर, अहिले करिब ३ वर्षमै करिब आधाभन्दा बढी ल्याण्डफिल साइट भरिन लागिसकेको छ । 

बञ्चरेडाँडा ल्याण्डफिल साइटको क्षेत्रफलको १ हजार ७९२ रोपनी हो भने सेग्रिगेसन गरेर फोहोर राख्ने ल्याण्डफिल साइटको उचाइ ४६ मिटर हो । शहरी विकास तथा भवन निर्माण विभागले २५ मिटरको ह्यामसहित ल्याफिल साइट निर्माण गरेको थियो । २५ मिटरसम्म अहिले फोहोर करिब भरिने क्रममा रहेकोले उचाइ बढाउन शहरी विकास तथा भवन निर्माण विभागले प्रक्रिया अगाडि बढाएको हो । 

विभागका सिनियर डिभिजन इन्जिनियर मनोज नकर्मीले ड्यामको उचाइ करिब २१ मिटर बढाइने बताए । ड्यामको उचाइ निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ । 

null

आर्थिक वर्ष २०७५/७६ मा बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट बनाउने काम शुरू गरिएको थियो । ५० वर्षसम्मका लागि फोहोर विसर्जन गर्न मिल्नेगरी यो बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट बनाउने योजना थियो । तर, विभागले फोहोरको सेग्रिगेसन गरेर ल्याण्डफिल साइटमा विसर्जन गर्दा काठमाडौं उपत्यकाको फोहोर करिब २० वर्षसम्म राख्न मिल्ने बताएको थियो । 

तर, ल्याण्डफिल साइटमा फोहोरको सेग्रिगेसन नहुनाले करिब तीन वर्षमै आधा ड्याम भरिन लागेको हो । ल्याण्डफिल साइटमा फोहोर सेग्रिगेसन गरेर उत्पादन भएको फोहोरको करिब २० प्रतिशत मात्रै विसर्जन हुनुपर्ने हो । 

जहाँ उत्पादन भएको फोहोर ५० प्रतिशत अर्गानिकमा जान्छ र बाँकी रिसाइकल गर्न सकिने करिब ३० प्रतिशत हुन्छ । झन् काठमाडौंको फोहोरमा करिब ६० प्रतिशतभन्दा बढी अर्गानिकमा जाने फोहोर हुन्छ । 

तर, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर थुपार्ने काम मात्रै भइरहेको छ । दैनिक करिब २ टिप्पर मात्रै अर्गानिकमा जाने गरेको छ । यसबाहेक फोहोर सेग्रिगेसन हुन सकेको छैन । 

null

ल्याण्डफिल साइटमा फोहोर सेग्रिसेसन गरेर मात्रै २० वर्षसम्म फोहोर विसर्जन गर्न सकिने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट योजनाका इन्जिनियर माधव कटुवाल बताउँछन् । उनका अनुसार सेग्रिगेसन नगरी फोहोर साइटमा थुपार्दै गएमा छिट्टै बञ्चरेडाँडा भरिनेछ । 

फोहोर सेग्रिगेट गर्न नसकिएको काठमाडौं महानगरपालिकाका बञ्चरेडाँडा स्यानिटरी ल्याण्डसाइट इन्चार्ज उद्धव नेपालले स्वीकारे गरे । काठमाडौं महानगरको फोहोर ५० प्रतिशतको जिम्मा लिन सक्ने बाँकी ५० प्रतिशत अन्य पालिकाहरूको जिम्मा लिन नसक्ने उनको भनाइ छ । 

तर, अहिले नै ल्याण्डफिल साइट पूर्ण रूपमा नभरिएको उनले बताए । सबै क्षेत्रमा पूर्ण रूपमा नभरिएको र केही भागमा भरिने लेबलमा पुगेको उनको तर्क छ । 

‘पूर्ण रूपमा ल्याण्डफिल साइट भरिएको छैन । अहिले ड्यामको उचाइ २५ मिटर छ, ड्यामतिर भरिन लागेको छ । डाँडाहरूको साइजमा अहिले नै आइसकेको छैन’, उनले भने, ‘यहाँ फोहोर थुप्रिने मात्रै होइन । केही वर्षपछि कुहिने फोहोर घट्दै जान्छ ।’ 

‘सेग्रिगसेको कुरामा महानगरपालिकाले विभिन्न स्थानमा फोहोर छुट्याइरहेको छ । अन्य पालिकालाई पनि भनिराखेकै छौं । हामी केही समयमा फोहोर छुट्याउन पूर्ण रूपमा लागु गर्नेछौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्