१९ असार २०८३, शुक्रबार

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

जेठ २९, २०८२
काठमाडौं
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

न्याय परिषद्को सदस्यका लागि वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपालको नाम सिफारिस गरेका हुन् । 

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी आउँदो असार १० गते चार वर्षे पदावधि सकिएर अवकाश हुने भएपछि रिक्त हुने ठाउँमा नेपालको नाम सिफारिस गरिएको हो । 

नेपालको संविधानमा न्याय परिषद्‌मा प्रधानमन्त्रीको सिफारिसमा एक कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ ।

सदस्यमा सिफारिस नेपालको नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि बिहीबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद् सचिवालयमा पठाउने भएको छ ।

त्यसका लागि पत्र तयारीको काम भइरहेको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्