२७ असार २०८३, शनिबार
भारतमा ठूलो दुर्घटना

२४२ यात्रु बोकेर लण्डन जाँदै गरेको जहाज भारतको अहमदाबादमा दुर्घटना

जेठ २९, २०८२
काठमाडौं
२४२ यात्रु बोकेर लण्डन जाँदै गरेको जहाज भारतको अहमदाबादमा दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार एक ठूलो विमान दुर्घटना भएको छ । 

२४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ डन्डियाले जनाएको छ । 

दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

टाइम्स अफ इन्डियाका अनुसार एअर इण्डियाको फ्लाइट नम्बर १७१ विमानमा २३० यात्रु, २ पाइलट र १० जना क्रु मेम्बर थिए । 

दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ । विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ । घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन् ।

null

विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्