१९ असार २०८३, शुक्रबार
अहमदाबाद जहाज दुर्घटना

दुर्घटनाग्रस्त विमानमा थिए १६९ जना भारतीय र ५३ बेलायती नागरिक

जेठ २९, २०८२
काठमाडौं
दुर्घटनाग्रस्त विमानमा  थिए १६९ जना भारतीय र ५३ बेलायती नागरिक

एअर इन्डियाको विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको पाँच मिनेटमै दुर्घटनाग्रस्त भएको छ ।

गुजरातको अहमदाबाद विमानस्थलबाट ग्याटविक (लन्डन)तर्फ उडिरहेको एअर इन्डियाको विमान उडानको केही समयमै खसेको हो । 

विमान यात्रु र चालक दलका सदस्यसहित २४२ जना सवार रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए ।

विमानमा दुई चालक र १० जना चालक दलका सदस्य रहेको बताइएको  छ। 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको अवस्था अवलोकन गरेका छन् । उनले तत्काल उद्धार तथा राहत कार्य थाल्न निर्देशन पनि दिएका छन् ।

सामाजिक सञ्जालमा फैलिएका दृश्यहरूमा आकाशमा बाक्लो कालो धुवाँ देखिएको छ । एअर इन्डियाले जारी गरेको विज्ञप्तिमा विमान अहमदाबादबाट ग्याटविक (लन्डन) गन्तव्यका लागि उडेको उल्लेख छ  ।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्